देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

लोकपथ
2.1k
Shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जसले गर्दा केही स्थानहरूमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा अलि उत्तरतिर रहेकोले आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भने भारी वर्षा हुने चेतावनी दिइएको छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको पनि सम्भावना रहेको छ ।

रातिको समयमा पनि मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने तथा विशेषगरी गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम विभागले वर्षा सम्भावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भारी वर्षाले पहिरो, बाढी तथा सडक अवरोधजस्ता प्राकृतिक जोखिम निम्त्याउन सक्ने भएकाले सुरक्षित रहन सुझाव दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?