काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।
केहीबेरअघि बैठक सुरु भएको हो ।
आजको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । प्रधानमन्त्रीको दल नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा भण्डारीलाई भेटेर प्रधानमन्त्री ओली सिधै बालुवाटार पुगेका थिए । बालुवाटार पुग्ने बित्तिकै मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया