च्यासलबाट बाहिरिँदै भण्डारीले भनिन्– ‘मेरो सदस्यता नविकरण भैसक्यो’

लोकपथ
791
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो नेकपा एमालेको सदस्यता नविकरण भइसकेको बताएकी छन् ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटका लागि भण्डारी पार्टी कार्यालय च्यासल पुगेकी थिइन् । झण्डै २ घण्टा वान टू वान वार्ता गरेर केहीबेरअघि दुवै च्यासलबाट बाहिरिए ।

बाहिरिने क्रममा भण्डारीले आफ्नो सदस्यता नविकरण भइसकेको स्पष्ट पारेकी हुन् । साथै ओलीसँग राष्ट्रिय राजनीतिका बारेमा कुरा केन्द्रित रहेको समेत बताइन् ।

‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ उनले सञ्चारकर्मीको प्रश्नमा भनिन्, ‘सदस्यता मैले पहिल्यै नविकरण गरेको छु । बाँकी काम आधिकारिक च्यानलबाट हुन्छ ।’

छलफलका अन्य विषयहरु भने बाहिरिएका छैनन् । यसअघि नै महासचिव शंकर पोखरेलले पनि भण्डारीको सदस्यता नविकरण भइसकेको बताएका थिए । तर शनिबार पोलिटब्यूरो बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता नविकरण पेण्डिङमा रहेको बताएका थिए । त्यस विषयमा नेताहरुबिच फरकफरक मत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?