वार्तापछि च्यासलबाट बाहिरिए ओली–विद्या

लोकपथ
2.1k
Shares

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिचको छलफल सकिएको छ ।

पार्टी कार्यालय च्यासलमा आज अपरान्ह अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबिच छलफल भएको थियो ।

खासगरी पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताका विषयमा दुईबिच छलफल चलेको हो ।

पछिल्ला दिनहरुमा भण्डारी एमालेको राजनीतिमा सक्रिय रहेकी छन् । एमालेको सदस्यता नै नविकरण गरेको भण्डारीले दाबी गरे पनि यता एमाले नेताहरुले भने भण्डारीको सदस्यता नविकरण पेण्डिङमा नै रहेको बताइरहेका छन् ।

आजको बैठकमा समसामयिक विषय र आगामी राजनीतिक कोर्षबारे समेत छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?