संघीय निजामती विधेयकमा ४३ सांसदले  दिए संशोधन प्रस्ताव

लोकपथ
777
Shares
फाइल तस्बिर

काठमाडौं । संघीय निजामती सेवा सम्बन्धी विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

प्रतिनिधि सभाबाट पारित भइसकेको यो विधेयक राष्ट्रिय सभामा पुगेपछि कर्मचारीको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा गडबडी देखिएपछि संशोधनको माग गर्दै सांसदहरूले प्रस्ताव पेस गरेका हुन् ।

विधेयक पारित भएसँगै उक्त व्यवस्थाले कर्मचारीको सेवा सुरक्षामा असर गर्ने तथा समान अवसरको मापदण्ड उल्लंघन गर्ने आशंका बढेपछि राष्ट्रिय सभामा रोकिएको छ ।

सांसदहरूद्वारा दर्ता गरिएको संशोधन प्रस्तावले विधेयकमा समावेश विवादास्पद प्रावधानहरू सच्याउने अपेक्षा गरिएको छ । अहिले राष्ट्रिय सभा नियमावलीअनुसार विधेयकमाथिको छलफल र संशोधन प्रक्रिया अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?