काठमाडौं । आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको होे ।
अघिल्लो दिन यो मूल्य १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले वृद्धि भई २ हजार २८५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य असार ३० गते २ हजार ३१५ रुपैयाँसम्म पुगेको थियो जुन हालको उच्चतम मूल्य हो ।
धेरै दिनदेखिको सुन र चाँदीको मूल्य बढोत्तरीले बजारमा नयाँ उत्साह र व्यापार गतिविधि बढ्ने संकेत देखिएको छ। सुनचाँदी व्यवसायीहरूका अनुसार, विभिन्न अन्तर्राष्ट्रिय कारण र घरेलु मागका कारण मूल्यमा यो वृद्धि आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया