काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत जुरे खण्ड पहिरोले अवरुद्ध भएको छ ।
पहिले गएको पहिरोको माथिल्लो भागबाट फेरि लेदो र माटोसहितको ठुलो पहिरो खसेपछि शनिबार रातिदेखि सडक ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरो हटाउने कार्यका लागि अहिले एक्स्काभेटर र लोडर प्रयोग गरिँदैछ ।
सडक अवरुद्ध हुँदा ठुला सवारी साधन र कन्टेनरहरू बाटोमै रोकिएका छन् । साथै, पहिरोका कारण जुरे क्षेत्रमा बिजुलीको पोल पनि ढलेको प्रहरीले जनाएको छ ।
अविरल वर्षा अझै कायम रहेकाले थप पहिरो खस्ने जोखिम रहँदा उद्धार तथा मर्मत कार्यमा कठिनाइ भइरहेको छ । स्थानीय प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया