काठमाडौं, २० कात्तिक – प्रधानमन्त्री शेरबहादुुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन निष्पक्ष ढंगले सम्पन्न हुने बताएका छन् निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सबै व्यवस्था गरिएको पनि उनको भनाई छ सोमबार युरोपियन युनियनका निर्वाचन पर्यवेक्षण टोलीसँगको भेटमा उनले निर्वाचन, यसको तयारीका बारेमा पनि संक्षिप्त जानकारी गराएका छन् । यता, यरोपियन युनियनका टोलीले पनि निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न नेपाल सफल हुने विश्वास व्यक्त गरेको थियो । त्यसक्रममा टोलीले निर्वाचन पर्यवेक्षणका लागि आवश्यक वातावरण बनाउन पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेको थियो । टोलीले आजै एमाले अध्यक्ष केपी ओलीसँग पनि भेटेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया