काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी फुट्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । मेचीनगरको नगर अधिवेशनमा बोल्दै उनले पार्टी विभाजनको कल्पना पनि गर्न नसकिने बताए ।
पार्टीभित्र असन्तुष्टि चर्किरहेको बेला लिङ्देनले अनुशासन तोड्नेलाई कारबाही हुने चेतावनी पनि दिए । उनले आफूले कुनै गलत काम नगरेको जिकिर गर्दै पार्टीको शिर कहिल्यै नझुकाएको दाबी गरे ।
हाल राप्रपामा आन्तरिक विवाद तीव्र बनेको छ। उपाध्यक्ष मुकुन्दश्याम गिरी, विक्रम पाण्डे, महामन्त्री धवलशम्शेर राणा र कुन्ती शाहीले संयुक्त विज्ञप्ति निकालेर अध्यक्ष लिङ्देनको आलोचना गरेका छन् । जवाफमा लिङ्देनले गिरीलाई उपाध्यक्ष पदबाट बर्खास्त गरिसकेका छन् ।
यसअघि उनले प्रवक्ता सगुनसुन्दर लावती र अनुशासन समितिका अध्यक्ष नवराज सुबेदीलाई हटाइसकेका छन् । साथै, महामन्त्री राणाको संगठन विभाग प्रमुखको जिम्मेवारी पनि खोसिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया