भुटानमाथि नेपालको गोल वर्षा, ८ गोलको सानदार जित

लोकपथ
1.8k
Shares

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत शनिबार भएको खेलमा नेपालले भुटानलाई एकतर्फी नतिजामा ८–० गोलले पराजित गर्दै सानदार जित दर्ता गरेको छ ।

बंगलादेशको राजधानी ढाकास्थित किङ्स एरेनामा सम्पन्न खेलमा नेपाली टोली पूर्ण रूपमा हावी देखिएको थियो ।

नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरे । त्यसैगरी, कुसुम खतिवडा र समिक्षा मगरले एक/एक गोल थप्दै जित सुनिश्चित गरे ।

खेलभरि आक्रामक खेल प्रदर्शन गरेको नेपालले सुरुदेखि नै भुटानलाई दबाबमा राखेको थियो । पहिलो हाफमै नेपालले महत्वपूर्ण अग्रता लिएको थियो भने दोस्रो हाफमा पनि उस्तै लय कायम राख्दै जितको अन्तर फराकिलो बनायो ।

अब नेपालले आफ्नो दोस्रो खेल सोमबार बंगलादेशसँग खेल्नेछ । घरेलु टोली बंगलादेशलाई पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?