काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुटबन्दी गरेर पार्टी कमजोर बनाउने खेल बन्द गर्न आग्रह गरेका छन् ।
च्यासलमा जारी पोलिटब्युरो बैठकमा बोल्दै उनले विधान संशोधन प्रस्तावलाई परिमार्जनसहित सर्वसम्मत पारित गर्नुपर्ने बताए ।
पूर्व राष्ट्रपतिले सक्रिय पार्टी राजनीतिमा फर्कनु प्रक्रियागत गल्ती हुने भन्दै बस्नेतले लोकतन्त्र र आन्तरिक जनवादसँग त्यो कदम मेल नखाने तर्क गरे ।
साथै, उनले सदस्यता नवीकरण र ७० वर्षे उमेर सीमा हटाउने विषयमा पनि पार्टीको स्पष्ट निर्णय आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार, उमेर सीमा हटेसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षको उम्मेदवारीको बाटो खुला भएको छ ।
बस्नेतले केपी ओलीको विकल्प अर्को कार्यकालका लागि नभएको धारणा राख्दै नेताहरू क्षमता र योग्यताका आधारमा चयन हुनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
 









                    
                    
                    
                    
                    
                    
                    
                    
प्रतिक्रिया