प्रधानमन्त्री ओलीको दाबी : ‘ म सरकारमा फर्किएपछि पूर्वाधार विकासमा पुनः तीव्रता आएको छ’

लोकपथ
133
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा मुलुकमा दैनिक औसत २।५५ किलोमिटर सडक निर्माण भएको बताएका छन् ।

आज (शनिबार) सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै उनले पछिल्लो समय भौतिक पूर्वाधार विकासमा उल्लेख्य फड्को मारिएको दाबी गरे ।

प्रधानमन्त्री ओलीका अनुसार चालु आवमा मात्रै ९३२ किलोमिटर सडक कालोपत्र गरिएको छ । ‘आजभन्दा छ वर्षअघि हाम्रो सरकार हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च रहेको तथ्याङ्क छ। त्यसपछि त्यो गति घटेको पाइन्छ, अहिले फेरि हामी सरकारमा आएपछि पुनः तीव्र भएको तथ्य देखिन्छ, ‘उनले भने।

इन्जिनियर्स डेको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विकासको मूल आधार इन्जिनियरहरू भएको उल्लेख गरे । ‘भौतिक पूर्वाधारदेखि प्रविधिसम्मका क्षेत्रमा इन्जिनियरहरू हाम्रो भरपर्दो जनशक्ति हुन्, ‘उनले भने।

प्रधानमन्त्रीको भनाइ अनुसार सरकार अबको दिनमा पूर्वाधार विकासको गति अझ तीव्र बनाउने लक्ष्यमा अघि बढिरहेको छ ।

सरकारको नेतृत्व लिँदा भौतिक पूर्वाधार क्षेत्रमै फोकस गरिएको स्मरण गराउँदै उनले समृद्धिको बाटो यही हो भन्ने स्पष्ट संकेत गरे। यो गति अझ बढाउनुपर्छ, ‘ओलीले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?