काठमाडौं । नेपाली चलचित्र उद्योगमा पछिल्लो समय नयाँ चलचित्र निर्माणको क्रम तीव्र रूपमा बढिरहेको छ ।
लगभग दैनिक रूपमा नयाँ नयाँ चलचित्रको घोषणा भइरहेका बेला, निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने नयाँ कमेडी जनरामा चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ ।
चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरिएको छ । थिम पोस्टरमा एउटा गाडी हिलो बाटोमा रोकिएर बाटोमा काम गर्दै गरेको मान्छे सँग कुरा गर्दै गरेको देख्न सकिन्छ ।
फिल्मको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार पारेका छन् । ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा हेमन्त बस्नेतको लगानी रहेको छ भने, कार्यकारी निर्माता इश्वर वल्लव उप्रेती रहेका छन् ।
निर्देशक बस्नेतका अनुसार चलचित्रको छायांकन छिट्टै सुरु हुनेछ । कलाकारहरूको टुंगो भने अझै लागिसकेको छैन, कलाकार छनोटको कार्य भइरहेको निर्माण टिमले जनाए ।
कमेडी जनरामा आधारित ‘किस्ने कहाँ छ ? ’ ले नेपाली समाजको गहिरो चित्रण गर्ने अपेक्षा गरिएको छ । यो फिल्म पनि नेपाली चलचित्रले पछिल्लो समय लिएको कमेडी धारलाई अगाडि बढाउने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया