वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नलसहित चार जनाविरुद्ध १० अर्ब डलरको मानहानी मुद्दा दायर गरेका छन् ।
ट्रम्पले वाल स्ट्रिट जर्नल, सञ्चालक रुपर्ट मर्डोक र पत्रकारहरू खादिजा सफदर तथा जोसेफ पलाजोलोविरुद्ध १० अर्ब डलर क्षतिपूर्तिसहित मुद्दा दायर गरेका हुन् ।
पत्रकारद्वयले सन् २००३ मा ट्रम्पले जेफ्री एप्स्टिनलाई जन्मदिनको शुभकामना पत्र लेखेको भनी समाचार प्रकाशित गरेका थिए। ट्रम्पले उक्त दाबी अस्वीकार गर्दै रिपोर्टलाई ‘झुटा र द्वेषपूर्ण’ भनेका छन् ।
ट्रम्प पक्षका अनुसार, समाचार गलत भएको जानकारी दिइसक्दा पनि वाल स्ट्रिट जर्नलले समाचार प्रकाशित गरेर ट्रम्पको प्रतिष्ठामा गम्भीर क्षति पुर्याएको हो । मुद्दाको सुनुवाइ माग गर्दै अदालतमा औपचारिक अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया