काठमाडौं । सिरियाको दक्षिणी स्वेइडा प्रान्तमा स्थानीय ड्रुज समुदायका गुटहरू र अरब बेदुइन आदिवासी लडाकुहरूबिच भएको हिंसात्मक झडपमा हालसम्म कम्तीमा ६३८ जनाको ज्यान गएको छ ।
जुलाई १३ बाट सुरु भएको यो झडपमा बेलायतमा आधारित युद्ध अनुगमन संस्था ‘सीरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ का अनुसार ७३ जना सर्वसाधारणको मृत्यु भएको छ भने २८० भन्दा बढी सुरक्षाकर्मी मारिएका छन् ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि सिरियाली अन्तरिम अधिकारीहरूले सार्वजनिक वक्तव्य जारी गर्दै सबै पक्षलाई संयम अपनाउन आह्वान गरेका छन् । साथै, द्वन्द्व नियन्त्रणका लागि सरकारी सेना तैनाथ गर्ने निर्णय गरिएको अधिकारीहरूले जनाएका छन् ।
स्वेइडा प्रान्तमा लामो समयदेखि समुदायगत तनाव रहँदै आएकोमा पछिल्लो झडपले थप मानवीय संकट निम्त्याएको छ । सिरियामा सन् २०११ देखि जारी गृहयुद्धका क्रममा समुदायबिचको अविश्वास र सशस्त्र गुटहरूको संलग्नताले द्वन्द्वलाई झनै जटिल बनाएको विश्लेषकहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया