काठमाडौं । गायिक एलिना चौहानले आफू चुप लागेर नबस्ने बताएकी छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले आफूमाथि अन्याय भएको र वैवाहिक सम्बन्धलाई लिएर आइरहेका टिकाटिप्पणीप्रति कटाक्ष गरेकी हुन् ।
त्यसो त आजै उनका पति विष्णु सापकोटाले सामाजिक सञ्जालमा आफूले आफूविरुद्ध गाली गर्नेहरुलाई कानुनी उपचारमा गएको बताएका थिए । साथै सम्बन्ध विच्छेदका कुरालाई बाहिर ल्याएर बारम्बार आफूमाथि नकारात्मक टिण्पणी गर्ने बाटो खोलिदिएको भन्दै एलिनाप्रति संकेत गरेका थिए ।]
साँझ सामाजिक सञ्जालमा आफू अन्यायमा परेको भन्दै सामाजिक सञ्जालमा लेखेकी छन् । साथै उनले सन् २०२४ जुन ९ तोरिकको तस्बिर सार्वजनिक गरेकी छिन् । त्यो भनेको ०८२ साल जेठ २७ गते आइतबार हो, जतिबेला उनीहरु वैवाहिक जीवनमा बाँधिएको एक महिना मात्रै भएको थियो । त्यसबेला एलिनामाथि विष्णुले हातपात गरेको खबरहरु आएका थिए, यद्यपि न एलिना न विष्णुले त्यसबारे कुनै जवाफ दिएका थिएनन् । तर त्यसबेला खिचिएको तस्बिर एलिनाले आज सार्वजनिक गरेकी हुन्, जहाँ उनको गालामा कुटेको निलडाम देख्न सकिन्छ ।
उनले उक्त तस्बिर सार्वजनिक गर्दै उनले भनेकी छन्, ‘हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो ।
तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्यो,’ उनले भनेकी छन् ।
त्यस्तै आफूले सार्वजनिक रुपमा आफ्नो भोगाइहरुबारे सुनाउँदा आफैँमाथि प्रश्न उठाइएको भन्दै दुखेसो समेत गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया