नेपालमा बन्द भयो टेलिग्राम

लोकपथ
245
Shares

काठमाडौं । नेपालमा टेलिग्राम बन्द भएको छ ।

नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द भएको जानकारी गराएको हो ।

शुक्रबार प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन समेत दिएको छ ।

नेपालमा टेलिग्रामका माध्यमबाट ठगीका कामहरु भइरहेको भन्दै टेलिग्राम बन्द गरेको जनाइएको छ ।

‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहको बुझिन आएको उक्त टेलिग्राम एपको पहुँचमा रोक लगाउने–बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसंचार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ,’ प्राधिकरणले सूचना जारी गर्दै भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?