काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक स्थगित भएको छ ।
शुक्रबारबाट पार्टी मुख्यालय च्यासलमा बैठक बसेको थियो ।
बैठकमा ६ जना पोलिटब्यूरोका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका बारेमा छलफल चलिरहेको छ ।
यसअघि बिहीबार च्यासलमै बसेको बैठकले विधानको मस्यौदाबारे सहमति गरेको थियो ।
हिजोको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए । हिजो नै तीन वटै प्रस्ताव पारित भएपछि आजबाट पोलिटब्यूरो बैठकमा छलफल हुन लागेको हो ।
नेताहरुले बोल्ने क्रम जारी रहेकाले भोलि पुनः बैठक बस्नेछ । भोलि बिहान ११ बजे च्यासलमै बैठक बस्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया