काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबिच बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरूले ओम हस्पिटलमा उपचार गरी बैंकको डिजिटल माध्यममार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका हुन् ।
ग्राहकहरूले छुट सुविधा प्राप्त गर्नका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
बैंकले डिजिटल भुक्तानी सेवा विस्तार र प्रवर्द्धन गर्ने अभियानलाई अझ प्रभावकारी बनाउन देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गरिरहेको जनाएको छ ।
ओम हस्पिटलसँगको सहकार्यले डिजिटल स्वास्थ्य सेवा तथा भुक्तानी प्रणालीलाई सशक्त बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया