एक्सपेंगले बेच्यो ८ लाख इलेक्ट्रिक गाडी

लोकपथ
217
Shares

काठमाडौं । चिनियाँ स्मार्ट इलेक्ट्रिक गाडी निर्माता कम्पनी एक्सपेंगले सन् २०२५ को जुलाई ११ सम्ममा विश्वभर ८ लाखभन्दा बढी गाडी विक्री गरेको छ । चिनियाँ कम्पनी एक्सपेंगले यो उपलब्धिलाई ऐतिहासिक उपलब्धि रहेको दाबी गरेको छ ।

नेपालमा पनि एक्सपेंगले आफूलाई स्मार्ट प्रविधि, उच्च गुणस्तरको डिजाइन र उत्कृष्ट प्रदर्शन गर्ने इलेक्ट्रिक गाडीको ब्रान्डको रूपमा स्थापित गर्दै आएको छ । सफा ऊर्जामा बढ्दो चासोबिच, एक्सपेंग नेपालमा सहरका घुम्तीदेखि दुर्गम पहाडी बाटोमा विश्वासिलो विकल्प बन्न थालेको छ ।

एकै महिनामा ३४ हजार भन्दा बढी थान विक्री
एक्सपेंगले सन् २०२५ को जुन महिनामा मात्रै ३४ हजार ६११ थान गाडी विक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २ सय २४ प्रतिशतले बढी हो । चीनका नयाँ ईभी गाडी उत्पादकमा एक्सपेंग चौथो स्थानमा रहेको छ ।

कम्पनीका लोकप्रिय मोडेलहरू जी सिक्स, जी नाइन, र जी सेभेन विश्व बजारमा तीव्र गतिमा लोकप्रिय हुँदै गएका ब्रान्ड हुन् । विशेषतः जी सेभेन इलेक्ट्रिक एसयुभी कारले ७०२ किलोमिटर रेन्ज र अत्याधुनिक एरोडाइनामिक डिजाइनका कारण ९ मिनेटमै १० हजारभन्दा बढी अर्डर प्राप्त गरेर नयाँ कीर्तिमान राखेको थियो ।

सन् २०२५ को पहिलो छ महिनामै कम्पनीले १ लाख ९७ हजारभन्दा बढी गाडी विक्री वितरण गरिसकेको छ, जुन २०२४ को कुल बिक्रीभन्दा पनि धेरै हो । एक्सपेंगले सन् २०२५ भित्रै ६० देशमा उपस्थिति बनाउँदै ३ लाख ८० हजार थान गाडी विक्री गर्ने लक्ष्य लिएको छ ।

नेपालमा पनि कम्पनीले स्थानीय सेवा केन्द्र, स्पेयर पाट्र्सको सहज उपलब्धता र पछिल्लो बिक्रीपछि सेवा प्रणालीलाई मजबुत बनाउँदै लिएको छ, जसले नेपाली ग्राहकलाई विश्वस्त अनुभव दिने विश्वास लिइएको छ ।

सन् २०१४ मा हे सियाओपेंगद्वारा स्थापित यो कम्पनीले स्मार्ट मोबिलिटीको क्षेत्रमा क्रान्तिकारी काम गर्दै आएको छ । नेपालमा एक्सपेंग केवल इलेक्ट्रिक सवारी मात्र नभएर भविष्यको गतिशील यात्राको प्रतीक रहेको कम्पनीले दाबी गरेको छ ।

*infomercial content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?