माधव र झलनाथको अंगालोमा बेरिए वामदेव [तस्बिरहरु]

लोकपथ
119
Shares

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबिच एकता भएको छ ।

वामदेव गौतम नेतृत्वको एकता अभियान र माधकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीबिच आज एक समारोहकाबिच एकता भएको हो ।

राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबिच गौतमको अभियान र नेपाल नेतृत्वको एकीकृत समाजवादीबिच औपचारिक रुपमा एकता घोषणा गरिएको हो ।

सो समारोहमा दुवै पक्षबिच हार्दिकका देखिएको थियो । पूर्वसहकर्मी समेत रहेका वामदेवलाई झलनाथ र माधवले अंकमाल गर्दै स्वागत गरेका थिए । सो क्रममा हलमा गडगडाहटपूर्ण तालिले वामदेवलाई स्वागत गरिएको थियो ।

एमालेका उपाध्यक्ष समेत भइसकेका गौतम ०७७ सालमा तत्कालीन नेकपा विभाजनपछि नेकपाको एकता अभियानमा लागि लागेका थिए । तर एकता सम्भव नभएपछि एकीकृत समाजवादीसँग पार्टी समाहित गरेर अघि बढेका हुन् ।

तस्बिरहरु हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?