वामदेवले सम्झिए आन्दोलनका दिन : ‘…अनि थर्ड डिभिजनका एसएलसी पास गरेँ’

लोकपथ
833
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले ४ वर्षको दौरानपछि एकीकृत समाजवादीमा एकीकृत हुन पाएका बताएका छन् ।

शुक्रबार नेकपा एकीकृत समाजवादीसँग आफ्नो अभियान समाहित गराउने क्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले सो कुरा बताएका हुन् ।

४ वर्षअघिदेखि प्रयास गरेर अहिले आएर आफूले भने जसरी एकीकृत हुन पाएको बताए । साथै उनले आफू ७ वर्षको हुँदा कम्युनिष्ट पार्टीको झण्डा समाएर राजनीतिमा लागेको स्मरण गरे ।

‘आजभन्दा ४ वर्ष पहिलेदेखि यात्रा गरेँ । एकीकृत समाजवादीसम्म आउन मलाइ ४ वर्ष लाग्यो । ४ वर्षपछि मैले भनेजसरी हामी एकीकृत हुँदैछौँ,’ वामदेवले भने, ‘म ७ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको झन्डा समातेको हुँ । त्यो गणना गर्दा ७० वर्ष भएछ । अहिले ७७ वर्षको छु ।’

त्यस्तै उनले आफूले ठूलो हण्डर ठक्कर खाएर पार्टी निर्माणमा लागेको बताए । साथै २० वर्ष भूमिगत जीवन बिताएर पार्टीकै लागि मात्र काम गर्दा पढाईलाई समेत अघि बढाउन नसकेको बताए ।

‘मैले मेरो हातबाट कम्युनिस्ट पार्टीको झन्डा त्यसबेला फहराएँ । त्यो मैले झुक्न दिएको छैन । म धेरै हन्डर, ठक्कर खाएर कमसेकम अनेक पक्षलाई विचार गर्दा १९–२० वर्ष भूमिगत रहेर पार्टी काम गरेको छु,’ नेता गौतमले भने, ‘यो सबै कालमा आफ्नो शैक्षिक क्षेत्र बढाउन लागिनँ । म पार्टीमात्रै परेँ । पार्टी लेखेँ । पार्टी नाचेँ । गीत लेखेँ । म एसएलसी पास गरेको मान्छे मात्रै हुँ । त्यो पनि थर्ड डिभिजनमा बल्ल बल्ल पास गरेँ ।’

०७७ सालमा तत्कालीन नेकपा विभाजन हुँदा वामदेव भने नेकपाको एकताका लागि लागेका थिए । उनले तत्कालीन समयमा एमाले र माओवादीलाई पुनः एकीकृत बनाउने भनेर लागिपरे तर सम्भव नदेखेपछि आफैँ एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । यसअघि वामदेव आफैँले निर्माण गरेको पार्टी एमालेमा प्रवेशका लागि ठूलो कसरत गरेका थिए । तर एमालेबाट उनका मागहरु पूरा हुन नदेखिएपछि गौतम एकीकृत समाजवादीमा आफ्नो अभियानलाई समाहित गरेर प्रवेश गरेका हुन् ।

यो पनि…

वामदेवका उकाली ओराली : एकीकृत समाजवादी ओत लाग्ने चौतारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?