काठमाडौं । शिक्षक महासंघले २१ साउनभित्र विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले समयसीमा तोकेको हो ।
महासंघले शिक्षा समितिमा छलफल भइरहेको विधेयक छिटो टुंग्याई सहमति अनुसारको ऐन प्रतिनिधिसभाबाट पारित गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
२० चैतदेखि सुरु भएको आन्दोलनपछि १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भए पनि सरकारले तोकिएको समयमा ऐन जारी नगरेको भन्दै महासंघ आक्रोशित बनेको हो ।
२०७५, २०७८, २०८० र २०८१ मा भएका सहमति अनुसार शिक्षकको स्थायीत्व, बढुवा, सरुवा, ट्रेड युनियन अधिकार, द्वन्द्वपीडित शिक्षकको व्यवस्थापन लगायतका माग सम्बोधन गरिनुपर्ने महासंघले जनाएको छ ।
२१ साउनभित्र विधेयक पारित नभए कडा र सशक्त आन्दोलन हुने चेतावनी दिँदै त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी राज्यपक्षले लिनुपर्ने स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया