काठमाडौं । दक्षिण अफ्रिकाका प्रथम जननिर्वाचित राष्ट्रपति हुन् नेल्सन मण्डेला । उनी काला जातीका शसक्त नेता मानिन्थे । उनले सन् १९९४ देखि सन् १९९९ सम्म दक्षिण अफ्रिकामा शासन गरे ।
उनले दक्षिण अफ्रिकाबाट गोराजातीलाई लखेटेर काला जातीको शासन गरेका थिए । उनी सन् १९९३ मा नोबेल पुरस्कारबाट समेत सम्मानित भएका थिए । सन् १९१८ मा जन्मिएका उनको सन् २०१३ मा मृत्यु भएको हो ।
संसारले संघर्षका खातिर मण्डेलालाई लिने गरेको छ । त्यसो त हरेक वर्ष जुलाई १८ तारिखका दिन नेल्सन मण्डला दिवस मनाइन्छ ।
स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गरेको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो ।
मानवताको सेवामा गरेको समर्पण, द्वन्द्व समाधान, मानवअधिकारको रक्षा, मेलमिलाप, लैङ्गिक समानता र बालबालिकाका साथै अन्य कमजोर समूहको अधिकारको रक्षाका निम्ति अश्वेत नेता मन्डेलाले जीवनभर संघर्ष गरेका थिए ।
यस्ता छन् मण्डेलाका २० महान भनाइहरु :
१. एउटा विजेता स्वप्नदर्शक हो, जसले कहिल्यै आफ्नो सपना माथि हरेस खाँदैन ।
२. मेरो देश यस्तो देश हो, जहाँ मान्छे पहिला जेल जान्छ, पछि राष्ट्रपति बन्छ ।
३. म कहिल्यै हार्दिन, कि जित्छु कि सिक्छु ।
४. यदि शत्रुलाई शान्त राख्न मन भए उसँगै मिलेर केहि काम गर्नुस् ।
५. सबैभन्दा अफ्ठेरो काम समाज बदल्नु होइन, आफूँ बदलिनु सक्नु हो ।
६. शिक्षा विश्व बदल्न सक्ने शसक्त हतियार हो ।
७. काम नसकिउन्जेल सम्म कुनै पनि कार्य असम्भव नै लागिरहन्छ ।
८. चढ्नको लागि धेरै पहाड बाँकि छन् भन्ने कुरा एउटा ठूलो पहाड चढेपछि मात्र थाहा हुन्छ ।
९. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरका बावजुद पनि लढिरहन्छ ।
१०. जब केहि खुसियाली मनाईन्छ तब आफू पछि र अन्यलाई अघि राख्नुपर्छ, जब खतराको घडि आउँछ तब आफूअघि र अन्यलाई पछि राख्नुपर्छ । तब मात्र जनताले तपाईलाई मन पराउँछन् ।
११. अब सबैका लागि काम, रोटी, पानी र नुन होस् ।
१२. स्वतन्त्र हुनु भनेको बन्धनबाट मुक्ति हुनुमात्र होइन, अरुको स्वतन्त्रतालाई सम्मान गर्नु पनि हो ।
१३. म मेरो आत्माको सञ्चालक हुँ ।
१४. कुनै पनि कुरा कालो र सेतो हुँदैन ।
१५. जब पानी उम्लन थाल्छ तब त्यसले मुर्खतापूर्वक गर्मी फैलाउँछ ।
१६. आफ्नो दुश्मनलाई चिन र उसको प्रिय खेलको बारेमा बुझ ।
१७. स्वतन्त्रता व्यक्ति–व्यक्तिबीच हुनुपर्छ । जहाँ सबैले मलाई चिन्न सकुन र मैले सबैलाई चिन्न सकुँ ।
१८. भाषा बिना हामी कसैलाई पनि चिन्न र बोल्न सक्दैनौँ । किनभने कसैको आशा,ईच्छा,काव्य गीत बुझ्नको लागि भाषा नै चाहिन्छ ।
१९. म कहिल्यै पनि व्यक्तिगत उपहारको वास्ता गर्दिन, किनकी कसैले पनि उपहार जित्नका लागि लडाँइ लडेको हुँदैन ।
२०. कहाँबाट शुरु गरेर होइन, तिम्रो ईच्छा के मा छ त्यसमै सफलता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया