काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको दाबी गरेका छन् ।
संघीयता सलबिकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा बोल्दै उनले अपराध नियन्त्रण र नागरिकको सुरक्षाका लागि गृह मन्त्रालय निरन्तर क्रियाशील रहेको बताए।
गृहमन्त्री लेखकका अनुसार नागरिकको जिउ र धनको सुरक्षा, अपराधको न्यूनीकरण र नियन्त्रण, र अपराध भएमा अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनु गृह मन्त्रालयको प्रमुख जिम्मेवारी हो । ‘मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था ठिक छ, ‘उनले भने, ‘हामी अपराध नियन्त्रणमा निरन्तर लागिरहेका छौँ, अपराध भएपछि अनुसन्धान गरेर अपराधीलाई कानुनी कारबाही गरिरहेका छौँ ।’
उनले पुराना मुद्दामा फरार अभियुक्तहरू पनि हालै पक्राउ पर्न थालेको उल्लेख गर्दै सुरक्षा निकायको भूमिकाको प्रशंसा गरे । साथै उनले सुशासन स्थापना, संविधान तथा कानुनको कार्यान्वयन, विपद् व्यवस्थापनलगायत गृह मन्त्रालयका नियमित कार्यहरूमा समेत मन्त्रालय गम्भीर रहेको बताए ।
लागु औषध नियन्त्रण, निषेध र न्यूनीकरणका लागि सबै निकायको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाको न्यूनीकरण पनि मन्त्रालयको प्राथमिकता रहेको बताए ।
उनको भनाइमा, ‘एक वर्ष अघिको अवस्थासँग तुलना गर्दा अहिले शान्ति सुरक्षा राम्रो अवस्थामा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया