सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

लोकपथ
952
Shares

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।

मूल्यवृद्धिसँगै शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, चाँदीको मूल्य तोलामा २ हजार २८० रुपैयाँ कायम भएको छ ।

बिहीबारको तुलनामा हेर्दा सो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य २ हजार २६५ रुपैयाँ रहेको थियो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?