काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले वातावरणमैत्री र अपाङ्गमैत्री सडक संरचना निर्माणमा प्राथमिकता दिइरहेको बताएका छन् । शुक्रबार संसद्को पूर्वाधार विकास समितिमा बोल्दै मन्त्री दाहालले यस्तो धारणा राखेका हुन् ।
उनका अनुसार संविधानले परिकल्पना गरेको वातावरणमैत्री र समावेशी पूर्वाधार निर्माणप्रति मन्त्रालय गम्भीर रहेको छ । ‘बिस्तारै संविधान र मन्त्रालयको मापदण्डअनुसार हामीले अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउँदैछौं, ‘उनले भने ।
मन्त्री दाहालले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई ध्यानमा राखेर लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने योजना अघि सारिएको जानकारी दिए । ‘ठाउँ–ठाउँमा एड्भान्स लिफ्टसहितको आकाशे पुल बनाउने योजना छ। दातासँग लिफ्टको प्रस्ताव पनि राखेका छौँ, ‘ उनले बताए।
तर, केही स्थानहरूमा सडक विस्तारका लागि मुआब्जा दिन नसक्ने अवस्था रहेको पनि मन्त्री दाहालले प्रस्ट पारे । वसुन्धराबाट अघि निर्माण नहुनुमा बजेट अभाव मुख्य कारण भएको उल्लेख गर्दै उनले भने, ‘नेपाल सरकारले मुआब्जा दिन नसक्ने अवस्था भएकोले गति सुस्त छ। कोटेश्वरसम्म जोड्नुपर्ने योजना छ।’
कार्यक्रममा उनले काम अघि नबढिरहेको परिस्थितिमा समितिसँग छलफल हुनु सकारात्मक भएको धारणा पनि राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया