उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा 

लोकपथ
10.1k
Shares
oplus_32

काठमाडौं । उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासमा कार्यरत न्यायाधीश भरत लम्सालले आज शुक्रबारबाटै लागू हुनेगरी पदबाट राजीनामा दिएका छन् । 

न्याय परिषद्मा हिजो बिहीबार राजीनामा बुझाएका उनले स्वास्थ्य र घरायसी अवस्थाका कारण राजीनामा दिएको बताएका छन् । 

उच्च अदालतका न्यायाधीशले ६३ वर्षको उमेरसम्म सेवामा रही काम गर्न पाउने भएपनि उनले एक वर्ष अगावै राजीनामा दिएका हुन् । ६२ वर्षीय लम्साल २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए ।

उनले ३७ वर्ष न्याय सेवामा काम गरेर राजीनामा दिएको बताए । 

उनको राजीनामासँगै अब उच्च अदालतमा २७ न्यायाधीश पद रिक्त भएको छ । यीमध्ये २ मुख्य न्यायाधीशका पद छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?