काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज केही विद्यालय र कलेज बन्द भएका छन् ।
निःशुल्क शिक्षाको सुनिश्चितता, शिक्षाको निजीकरण अन्त्य, र शिक्षा ऐन शीघ्र जारी गर्नुपर्ने मागसहित विद्यार्थी संगठनले एकदिने हडतालको घोषणा गरेको हो ।
हडतालको प्रभाव काठमाडौं उपत्यकाभित्रका र बाहिरका जिल्लामा केही निजी तथा सामुदायिक विद्यालयहरूमा देखिएको छ।
केही विद्यालयहरूले बिहीबार बेलुका नै अभिभावकहरूलाई एसएमएस मार्फत शुक्रबार विद्यालय नखुल्ने जानकारी गराएका थिए । तर, केही विद्यालयहरू भने आन्तरिक परीक्षा वा पूर्वनिर्धारित कार्यक्रमका कारण खुला राखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया