एमाले बैठक : ईश्वर पोखरेलको पद नै गायब हुने प्रस्ताव, पदाधिकारी घटाउने तयारी

लोकपथ
9.1k
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी संख्या घटाउने तयारी गरेको छ ।

बिहीबारबाट सुरु भएको एमाले सचिवालय बैठकमा सो प्रस्ताव पुगेको हो । विधान मस्यौदा तयार गर्ने जिम्मेवारी पाएका उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सो प्रस्ताव गरेका हुन् । उक्त प्रस्तावमा वरिष्ठ उपाध्यक्ष भने राखिएको छैन ।

एमालेको प्रथम विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष राख्ने प्रावधान ल्याइएकोमा अहिले उक्त प्रावधान हटाउन लागिएको हो ।

त्यस्तै पौडेलले पेस गरेको प्रस्तावमा उपाध्यक्ष, उपमहासचिव र सचिवको संख्या पनि घटाउने विषय रहेको छ । जसअनुसार अध्यक्षसहित उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव १ र सचिव ५ जना रहनेछन् ।

अहिले एमालेमा वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष, तीन जना उपमहासचिव र ७ जना सचिव रहेका छन् । त्यस्तै उक्त प्रस्तावमा नेकपा एमालेको केन्द्रीय कमिटीलाई घटाएर १९९ बनाउने प्रस्ताव समेत गरिएको छ ।

हाल वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल रहेका छन् । उक्त प्रस्तावमाथि सचिवालय सदस्यहरुले धारणा राखिरहेका छन् । त्यसमा वरिष्ठ उपाध्यक्ष पोखरेलले असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?