एमाले सचिवालय बैठकमा विद्यादेवी भण्डारीको विषय प्रवेश, ओलीले के भने ?

लोकपथ
1.5k
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताको विषयले प्रवेश पाएको छ ।

पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकमा भण्डारीको एमालेमा पुनरागमनको विषयले चासोका साथ उठेको हो ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले त्यसविषयमा थप र गहन छलफल गर्नुपर्नेमा जोड दिए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले आजको बैठकमा नभ्याइए अर्को बैठकहरुमा समेत त्यस विषयमा छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अध्यक्षले त्यसविषयमा आवश्यक परे छलफल गरौँ भन्नुभएको छ । आजको बैठकमा भ्याइएन भनेपनि अर्को बैठकमा छलफल हुन्छ। यो पार्टीको छलफलको विषय भइसक्यो। छलफल गरेर टुङ्गो लाग्छ ।’

एमालेले विधान महाधिवेशनबारे छलफल गर्न आजको लागि सचिवालय बैठक बोलाएको थियो । बैठकमा अन्य विषय भन्दा भण्डारीको राजनीतिमा सक्रियताको विषयले प्रमुखता पाएको हो ।

अध्यक्ष ओलीले भण्डारीसँग राम्रोसँग परामर्श गरेर त्यसको निक्र्योल गर्ने र कुन स्थानमा राख्ने भन्ने निर्णय गर्न चाहेको भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?