अडियो प्रकरणबारे के भन्छन् मन्त्री अधिकारी ?

लोकपथ
133
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३२ लाख घुस प्रकरणसम्बन्धी अडियो आफू र आफ्नो परिवारसँग असम्बन्धित रहेको प्रष्टिकरण दिएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अडियोमा बोलेका व्यक्ति आफू नभएको दाबी गर्दै, स्वार्थ समूहले तथ्य बंग्याएर चरित्र हत्या गर्न खोजेको आरोप लगाए । मन्त्री अधिकारीले छानबिनमा पूर्ण सहयोग गर्ने बताए ।

‘मेरो आवाज हो वा मैले केही मागेको प्रमाण फेला पार्नुभयो भने, म सजाय भोग्न तयार छु, ‘उनले भने । साथै, छोरालाई पनि अनावश्यक रूपमा जोडिएकोप्रति आपत्ति जनाए ।

सरुवाको काम नियमित प्रक्रिया अनुसार भएको भन्दै उनले आफू कुनै गलत कार्यमा संलग्न नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?