काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालसम्म समस्याग्रस्त सहकारीहरूबाट ८ हजार ९ सय ८८ जना दाबीकर्तालाई बचत रकम फिर्ता गरिएको जानकारी दिएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले कुल ६१ हजार ९४ जना दाबीकर्तामध्ये अहिलेसम्म यो संख्या व्यवस्थापन भएको बताएका हुन् ।
उनका अनुसार, समस्याग्रस्त सहकारीहरूको कार्यालयमार्फत बचतकर्ता र ऋणीबीच हिसाब मिलान गर्दै फिर्ता प्रक्रिया अघि बढाइएको हो ।
यस प्रक्रियामार्फत हालसम्म ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको दायित्व भुक्तानी मिलान भइसकेको मन्त्री अधिकारीले बताए । उनले सहकारी क्षेत्रको विश्वास पुनःस्थापना गर्न सरकार गम्भीरताका साथ लागिपरेको उल्लेख गरे।
मन्त्री अधिकारीले सबै दाबीकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गराउने प्रक्रिया सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया