काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीमाथि खनिएका छन् ।
बुधबार जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
बिहीबार पूर्वमन्त्री समेत रहेका यादवले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका हुन् ।
उनले मन्त्रीहरुको लेनदेनको अडियो काण्डबारे इंगित गर्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरे ।
अडियो काण्ड बाहिरिएपछि सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्ता मधेशी समुदाय भएकाले राजीनामा दिन बाध्य पारिएको आरोप लगाए । त्यस्तै अर्का भूमी व्यवस्थामन्त्री बलराम अधिकारीको पनि सोही प्रकृतिको अडियो सार्वजनिक हुँदा प्रधानमन्त्री चुप लागेर बसेको टिप्पणी गरे ।
उनले भेगीय हिसावले बलराम अधिकारीको ठाउँमा अन्य कुनै मधेशी मुलको मान्छे भएको भएमा अहिले राजीनामाको फर्मान जारी हुने भन्दै कटाक्ष गरे ।
यादवले सामाजिक सञ्जालमा लेखेका छन् :
ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्री पार्टनरहरुलाई जो गर्न पनि छुट छ । सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मुलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो । बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरुका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरेनी ‘बा’ को शिरमा विराजमान भइरहन्थे । भूमि मन्त्री अधिकारी, गुप्ताजीकै केस र अडियो काण्डमा मुछिएका हुन् । अडियो लगायतका प्रमाणहरु मिडियामा छ्यापछ्याप्ती छन् । तर, ‘बा’ र अधिकारीको सगोत्री समुदाय मौन छ । बलराम अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ‘बा’ ले राजीनामाको फरमान जारी गर्न एकपल पनि खेर फाल्ने थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया