डोल्पा । डोल्पामा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति त्रिपुरासुन्दरी नगरपालिका–६ निवासी ४० वर्षीय यादव विक रहेका छन् ।
२२ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय करबगार्डबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया