जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्छ : अध्यक्ष पाण्डे

लोकपथ
49
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघ (GDP) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको दिगो आर्थिक विकासका लागि उद्योग क्षेत्रको तीव्र विस्तार अपरिहार्य रहेको बताएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले जीडीपीमा उद्योग क्षेत्रको योगदान घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सो योगदान पुनः वृद्धि गर्न राज्य र निजी क्षेत्रले संयुक्त रूपमा उद्योग प्रवर्द्धनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

‘उद्योगहरूले रोजगारी सिर्जना गर्दै समग्र राष्ट्रको आर्थिक रूपान्तरणमा टेवा पुर्‍याउँछन्, त्यसैले अब सरकारको ध्यान उद्योग स्थापनामा केन्द्रित हुनुपर्छ,‘ उनले भने । हाल उद्योग क्षेत्रको योगदान १५ प्रतिशतबाट घटेर झण्डै ५ प्रतिशतमा सीमित भएको अध्यक्ष पाण्डेको भनाइ छ ।

स्वदेशी उत्पादन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै उनले यस अभियानलाई सहयोग पुग्नेगरी सरकारले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तु प्रयोगसम्बन्धी निर्देशिका जारी गरेको पनि उल्लेख गरे ।

पाण्डेले निर्देशनिका कार्यान्वयन प्रभावकारी रूपमा भएमा देशमा उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन र विदेशी वस्तुको आयात घटाउने दिशामा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष पाण्डेले भने, ‘आजको आवश्यकता भनेकै प्रतिस्पर्धी उत्पादन प्रणालीमार्फत स्वदेशी उत्पादनको आन्तरिक खपत बढाउँदै निर्यात योग्य वस्तु उत्पादनमा ध्यान दिनु हो ।’ उनले सरकारले उद्योग क्षेत्रमैत्री थप नीतिगत व्यवस्थाहरू ल्याउनुपर्ने पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?