कपिलवस्तुमा सर्पदंशबाट १४ महिने शिशुको मृत्यु

लोकपथ
763
Shares

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण एक १४ महिने शिशुको मृत्यु भएको छ ।

स्थानीय झगरु पासवानकी छोरी सङ्गीता पासवानलाई गए राति सुतिरहेको बेला सर्पले डसेको थियो । सर्पले डसेपछि उनी अचेत भएपछि परिवारले तत्कालै बहादुरगञ्ज अस्पताल पुर्‍याएका थिए ।

तर त्यहाँ आवश्यक उपचार सम्भव नभएपछि उनलाई गोरुसिङ्गे सर्प दंश उपचार केन्द्र लैजाने निर्णय गरिएको थियो । तर उपचार केन्द्रमा पुर्‍याउनुअघि बाटोमै शिशुको मृत्यु भएको गोरुसिङ्गे सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए ।

स्थानीयबासीका अनुसार गाउँमा सर्पको आतङ्क बढ्दो छ तर प्रभावकारी र समयमै उपचार सेवा नपाउने अवस्था कायमै रहेको छ । यसले गर्दा पछिल्ला दिनमा सर्पदंशका घटनामा ज्यान गुमाउनेको संख्या बढ्दो छ ।

स्थानीयले सर्प दंश उपचार केन्द्र तथा औषधिको पहुँच सहज हुने गरी आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?