रास्वपाले किन गर्दैछ पत्रकार सम्मेलन ?

लोकपथ
476
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन गर्र्दैछ ।

समसामयित राजनीतिका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

सहकारी ठगी प्रकरणमा पुपक्र्षका लागि थुनामा रहेका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाउँदै आइरहेको छ ।

हस्ताक्षर अभियान, प्रतिनिधि सभामा अवरोध, रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार लगायतका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको हो ।

पत्रकार सम्मेलन दिउँसो साढे ३ बजे रास्वपा पार्टी कार्यालय बनस्थलीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?