आजदेखि सुनका गहनामा २ प्रतिशत विलासिता कर लागू

लोकपथ
1.7k
Shares

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै आज (साउन १ गते)देखि सुनका गहनामा २ प्रतिशत विलासिता कर लागू भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको यो कर आजदेखि कार्यान्वयनमा आएको हो ।

सुनसहित बहुमूल्य धातुका गरगहना तथा पाँचतारे होटलका सेवामा पनि यो विलासिता कर लागू गरिएको छ । त्यस्तै, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुर, क्यासिनो रोयल्टी र विद्युतीय सेवा कर समेत आजदेखि लागू हुने भएका छन् ।

सरकारको यस निर्णयको सुनचाँदी व्यवसायीहरूले चर्को विरोध जनाउँदै आएका छन् । उनीहरूले यो कर व्यवसाय र उपभोक्तामाथि अतिरिक्त भार भएको भन्दै खारेजीको माग गरिरहेका छन् । सरकार भने व्यवसायीको मागबारे अध्ययन गर्न समिति गठन गरिसकेको छ । समितिको सुझावका आधारमा कर दरमा हेरफेर हुन सक्ने संकेत दिइएको छ ।

यससँगै आर्थिक ऐन २०८२ का केही दफाहरू जेठ १५ बाटै लागू भइसकेका छन् भने बाँकी दफा आजदेखि लागू भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?