इजरायली आक्रमणमा सिरियाली राष्ट्रपति दरबार क्षेत्र क्षतिग्रस्त

लोकपथ
1.3k
Shares
फाइल तस्बिर

काठमाडौं । इजरायली सेनाले सिरियाको राजधानी दमास्कसमा रहेको राष्ट्रपति दरबार क्षेत्रलाई लक्षित गर्दै आक्रमण गरेको छ ।

हमलामा सिरियाली सेनाको जनरल कमाण्ड मुख्यालयको केही भाग ध्वस्त भएको सिरियाली सञ्चार माध्यमहरूले जनाएका छन् ।

इजरायली हवाई आक्रमणको निशाना सिरियाली अन्तरिम अधिकारीहरू भएको जनाइएको छ । दक्षिणी सिरियाको स्वेदा प्रान्तमा ड्रुज समुदायसँग भएको झडपसँग सम्बन्धित घटनाक्रमका कारण आक्रमण गरिएको बताइएको छ ।

सिरियाली रक्षा मन्त्रालयले आक्रमणका क्रममा केही संरचनात्मक क्षति पुगेको पुष्टि गरे पनि मानवीय क्षतिको विवरण भने सार्वजनिक गरिसकेको छैन। दमास्कस वरपरको क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको र आगोको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

इस्रायलले हालसम्म आक्रमणको औपचारिक पुष्टि वा प्रतिक्रिया दिएको छैन । तर, उसले विगतमा सिरियामा इरान समर्थित लडाकु समूहहरू र हिज्बुल्लाहको गतिविधिलाई रोक्न भन्दै यस्ता सैन्य कारबाही गर्दै आएको छ ।

क्षेत्रीय स्थायित्वप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ । तनावग्रस्त सिरियाली भूमिमा पछिल्ला यस्ता घटनाले थप द्वन्द्व चर्कने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?