रामेछाप । मनसुनजन्य सम्भावित पहिरो जोखिम न्यूनीकरण गर्न बीपी राजमार्गअन्तर्गत काभ्रे–नेपालथोक खण्डमा रातिको सवारी सञ्चालनमा एक महिनाका लागि रोक लगाइएको छ ।
साउन १ गतेदेखि साउन मसान्तसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।
गएको वर्ष पहिरोले ठुलो क्षति पुर्याएको सो क्षेत्रमा हाल अस्थायी सडकमार्फत यातायात सञ्चालन भइरहेको छ । सुरक्षाको दृष्टिले गरिएको निर्णय अनुसार काठमाडौंबाट पूर्व जाने सयौँ सवारी प्रभावित हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया