२०७८,श्रावण,८,शुक्रवार

हत्या गरिएको अवस्थामा युवकको लाश फेला

२०७४,कार्तिक,२०,सोमवार ०७:२७


गौशाला, २० कात्तिक – महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका– ७ बस्ने रामपुकार यादवका छोरा १६ वर्षीय पुजन यादवको हत्या भएकोे अवस्थामा फेला पारिएको छ यही कात्तिक १७ गते राति घरबाट हराएका युवक यादवको खोजतलाश गर्दै जाँदा गएराति १० बजे बलवा नगरपालिका– ११ स्थित अंकुशी खोलाको नहरको छेउमा रहेको सोगारथ महतोको धानखेतमा हत्या गरी फालिएको अवस्थामा शव फेला पारेको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बताए युवकको अनुहारको विभिन्न भाग र नाकबाट रगत बगेको तथा शरीर भरी निल डामका साथै घाँटी थिची मारिएको अवस्थामा शव फेला परेको उहाँले जानकारी दिए मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको, हत्यामा संलग्न रहेको आशंकमा दुई जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२०,सोमवार ०७:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बागलुङ । जिल्लामा पहिलोपटक नमूना ९डमी० ट्राफिक प्रहरी स्थापना गरिएको छ । बजारमा जनचेतनाका लागि डमी ट्राफिक प्रहरी स्थापना गरिएको

काठमाडौं । घटना भएको मिति ०७७ फागुन ५ गते । बर्दियामा १४ वर्षीय एक बालकले एकै दिन चार बालिकालाई बलात्कार

काठमाडौं । पाकिस्तानको लाहौरमा एक मोडलको शव फेला परेको छ । २९ वर्षीया नायाब नदीम आफ्नै घरमा मृत फेला परेकी

रामनारायाण यादव-महोत्तरी। एक महिनादेखि बेपत्ता युवतिको शव शौचालयको सेफ्टी ट्याकी भित्र फेला परेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्वर

ताजा समाचार

महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६