‘कुलिङ अफ पिरियड किर्ते’ : रामहरि खतिवडासँग छानबिन समितिले लियो बयान

लोकपथ
2.3k
Shares
फाइल तस्बिर

काठमाडौं । निजामति विधेयकको कुलिङ अफ पिरियडमा भएको बदमासीको छानबिन गर्न गठित विशेष समितिले रामहरि खतिवडासँग सोधपुछ गरेको छ ।

बुधबार दिउँसो कांग्रेस सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडासँग सोधपुछ गरेको हो ।

कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा गठित समितिले सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिकै हलमा सोधपुछ गरेको हो ।

सोधपुछपछि खतिवडाले आफैँले माग गरे अनुसार बनेको समितिले सोधपुछ गरेको र आफूले सत्यतथ्य बताएको पत्रकारहरुसँग बताएका थिए । सो क्रममा पत्रकारहरुले ‘कस्तो लाग्यो सांसदहरुको कठघरा ? भन्दै प्रश्न गरेका थिए ।

जवाफमा खतिवडाले भनेका थिए, ‘म आफैँ सांसद हुँ । सभापतिको हिसाबले मैले नै छानबिन गर्नुपर्छ भनेर समिति बनाएको हो । कठघरा होइन, छलफल हो ।’

खतिवडा नै सभापति रहेको राज्य व्यवस्था समितिले निजामति विधेयकमा निजामति कर्मचारीहरुको हकमा २ वर्ष कुलिङ पिरियडको प्रावधान राखेको थियो । तर प्रतिनिधि सभाबाट उक्त विधेयक गत असार १५ मा पारित हुँदा भने उक्त व्यवस्था नै हटाइएपछि शंकाको घेरामा सभापति खतिवडा परेका थिए । साथै लामो रस्साकस्सीपछि ७ सदस्यीय विशेष समिति बनाइएको थियो । प्रतिनिधि सभाबाट पारित भएको उक्त विधेयक राष्ट्रिय सभामा टेबल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?