२ करोड ७० लाख बिगो दाबी गरिएका फरार प्रतिवादी पक्राउ

लोकपथ
1.2k
Shares

काठमाडौं । ११ महिना कैद र २ करोड ७० लाख भन्दा बढी बिगो तथा जरिवाना तोकिएर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ घर भई हाल तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्दै आएका ४६ वर्षीय केदार अर्याल रहेका छन् ।

उनीविरुद्ध रमेशकुमार कार्कीले ठगीसम्बन्धी कसुरमा दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले दिएको जानकारी अनुसार उनीमाथि उक्त कसुरमा अदालतबाट १ करोड २५ लाख बिगो कायम भएको थियो ।

त्यस्तै उनीविरुद्ध विभिन्न समयमा ५ वटा मुद्दाहरु समेत परेको थियो । जिल्ला अदालतबाट ती मुद्दामा ११ महिना ८ दिन कैद र १ करोड ४५ लाख ८६ हजार बिगो तथा जरिवाना सुनाइएको थियो । यसरी उनीविरुद्ध २ करोड ७० लाख ८६ हजार बिगो तथा जरिवाना तोकिएको थियो ।

फरार रहेका उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?