सरकारका गुण र दोषको जिम्मेवारी कांग्रेस-एमाले दुवैले लिनुपर्छ : सिटौला

लोकपथ
280
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सरकारका राम्रा र नराम्रा कामहरूको जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दल-नेपाली कांग्रेस र नेकपा एमालेले लिनुपर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद सिटौलाले सरकारमार्फत केही राम्रा कामहरू भए पनि सबै क्षेत्रमा सफलता हासिल गर्न नसकेको स्वीकार गरे । उनले भने, ‘अहिले देशमा नेपाली कांग्रेस र एमालेको सरकार छ । एमाले अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । यो सरकारका गुण-दोषको सबै जिम्मेवारी हामी दुवै पार्टीले लिनुपर्छ ।’

उनले सरकार जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिँदै भने, ‘केही काम गरेका छौँ, केही गर्न सकेका छैनौँ, तर प्रयास भने भइरहेका छन् ।’

शिक्षा क्षेत्रमा तीन तहकै सरकारको विशेष जिम्मेवारी रहेको उल्लेख गर्दै उनले शिक्षा सुधारका लागि सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए । साथै, शिक्षा विधेयक छिटो टुंग्याउनुपर्ने विषयमा सबै दलको सहमति रहेको स्पष्ट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?