जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

लोकपथ
2.3k
Shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज बसेको जसपा नेपालको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको निष्कर्षसहित समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि पार्टीको कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।

त्यसो त केही दिन अघि यादवले प्रधानमन्त्रीसहित सरकारमा सामेल दलका शीर्ष नेताहरुसँग भेटघाट समेत गरेका थिए ।

खासगरी वर्तमान सरकार गठन हुँदा संविधान संशोधनको विषयलाई लिएर मधेशवादी दलहरुले सरकारलाई समर्थन गरेका थिए । तर सरकारले संविधान संशोधनको काममा कुनै तादरुकता नदेखाएपछि जसपा नेपालले समर्थन फिर्ता लिएको हो ।

जसपा नेपालले समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा भने सरकार अल्पमतमा परेको छ । साथै आगामी ३० दिनभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत समेत लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?