काठमाडौं । बैंकहरूले साउन महिनाका लागि ब्याजदर घटाएपछि लगानीकर्ता उत्साहित बनेका छन् । यसको असर बुधबारको शेयर बजारमा प्रत्यक्ष देखिएको छ । नेप्से परिसूचक १.२५ प्रतिशतले बढ्दै ९३४.६१ अंकले उकालो लागेको छ । यससँगै नेप्से २७९४ अंकमा पुगेको छ ।
बजार उकालो लागेसँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिन ९ अर्ब ४१ करोडको कारोबार भएकोमा बुधबार १४ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
१९३ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ५५ कम्पनीको मूल्यमा गिरावट आएको छ । व्यापार समूहबाहेक अन्य सबै समूहका सूचक बढेका छन् । सबैभन्दा बढी विकास बैंक समूह ३.८६ प्रतिशतले बढ्दा बैंकिङ १.५९, माइक्रोफाइनान्स १.८५, हाइड्रोपावर १.२८, उत्पादन तथा प्रशोधन १.३९, फाइनान्स ०.७५, जीवन बीमा ०.६६, होटल तथा पर्यटन ०.५९, निर्जीवन बीमा १.८५, लगानी ०.५२ र अन्य ०.३३ प्रतिशतले उकालो लागे । व्यापार समूह भने ०.१८ प्रतिशतले घट्यो ।
कम्पनीगत रूपमा थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्दै उच्च वृद्धि गर्ने कम्पनीको सूचीमा शीर्षमा रह्यो । ग्रिन डेभलपमेन्ट बैंकको ८.४१, अपर हेवाखोलाको ८.३०, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०३, फरवार्ड माइक्रोफाइनान्सको ७.८४ र बुटवल पावरको ६.७९ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै, माइखोला हाइड्रोपावरको मूल्य ७.८७, नारायणी डेभलपमेन्ट बैंकको २.९० र उन्नति सहकार्य लघुवित्तको २.१४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रह्यो । त्यसपछि राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया