काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा उल्लेख्य विकास भएको दाबी गरेका छन् ।
महानगर यातायात प्रालिको विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले नेपाल अब विद्युतीय सवारी युगमा प्रवेश गरेको बताएका हुन् ।
श्रेष्ठले सडक सञ्जाल गाउँगाउँमा पुगेको, विद्युत् सेवा ग्रामीण बस्तीहरूमा विस्तार भएको र विद्युतीय बसको प्रयोगले पेट्रोलियम इन्धनमा हुने खर्च घटाउने विश्वास व्यक्त गरे । उनले भने, ‘अब आफ्नै फ्युल करेन्टबाट चढ्ने बेला आएको छ । यो एकदमै राम्रो हो । लोकतन्त्र आएपछि धेरै डेभलपहरु मैले देखेको छु ।’
उनले अतीत सम्झिँदै जोमसोमजस्तो दुर्गम क्षेत्रमा गाडी पुग्ला भन्ने कल्पनासमेत नगरेको बताउँदै अहिले आफैँ मोटरबाट जोमसोम पुगेको अनुभव सुनाए ।
बस सेवा सन्दर्भमा बोल्दै श्रेष्ठले अहिले बसको मात्रा र गुणस्तर दुवै बढाउनु पर्ने आवश्यकता रहेको धारणा राखे ।
उनको भनाइ अनुसार, विद्युतीय सार्वजनिक यातायात प्रणालीले नेपालजस्तो देशमा वातावरणीय दृष्टिले पनि सकारात्मक योगदान पुर्याउने अपेक्षा गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया