हत्या गरिएको अवस्थामा युवकको लाश फेला

गौशाला, २० कात्तिक – महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका– ७ बस्ने रामपुकार यादवका छोरा १६ वर्षीय पुजन यादवको हत्या भएकोे अवस्थामा फेला पारिएको छ यही कात्तिक १७ गते राति घरबाट हराएका युवक यादवको खोजतलाश गर्दै जाँदा गएराति १० बजे बलवा नगरपालिका– ११ स्थित अंकुशी खोलाको नहरको छेउमा रहेको सोगारथ महतोको धानखेतमा हत्या गरी फालिएको अवस्थामा शव फेला पारेको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बताए युवकको अनुहारको विभिन्न भाग र नाकबाट रगत बगेको तथा शरीर भरी निल डामका साथै घाँटी थिची मारिएको अवस्थामा शव फेला परेको उहाँले जानकारी दिए मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको, हत्यामा संलग्न रहेको आशंकमा दुई जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?