काठमाडौं । नेपाल टेलिकम, दूरसञ्चार कार्यालय पाटन अन्तर्गतका विभिन्न स्थानमा सञ्चालित फाइबर-टु-दि-होम (FTTH) सेवा केही दिनका लागि अस्थायी रूपमा अवरुद्ध हुने भएको छ ।
टेलिकमको दूरसञ्चार कार्यालय, पाटनले आज (बुधबार) सूचना जारी गर्दै आन्तरिक मर्मत–सम्भार कार्यका लागि तीन दिनसम्म रातको समयमा इन्टरनेट, टेलिफोन र टिभी सेवा प्रभावित हुने जानकारी दिएको हो ।
मर्मत कार्य असार ३२ गते बुधबारदेखि सुरु भई साउन २ गते शुक्रबारसम्म सञ्चालन हुनेछ । यस अवधिमा हरेक रात बेलुका ११ बजेदेखि बिहान ६ बजेसम्म सेवा अवरुद्ध रहनेछ।
सेवा प्रभावित हुने मिति र क्षेत्रहरू
असार ३२ गते, बुधबार : मच्छिन्द्रबहाल, लगनखेल, ताल्छिखेल, पाटन औद्योगिक क्षेत्र, सातदोबाटो (चक्रपथभित्रका क्षेत्र)
साउन १ गते, बिहीबार : च्यासल, चाकुपाट, ज्वागल, पुलचोक
साउन २ गते, शुक्रबार : जाउलाखेल, एकान्तकुना, खरीबोट, भनीमण्डल, सानेपा, धोबीघाट
टेलिकमले निर्धारित समयअघि वा पछाडि सेवा सुचारु नभएमा प्रयोगकर्ताहरूलाई १९८ वा ०१–५४२३३६३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया